पाकिस्तानले गर्यो फतह-२ मिसाइलको सफल परीक्षण
नेपाल प्रेस
२०८० पुष १३ गते ९:५८
काठमाडौं । पाकिस्तानले ४ सय किलोमिटर टाढासम्म निशाना साँध्न सक्ने फतह-२ मिसाइलको सफल उडान परीक्षण गरेको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरले उक्त मिसाइल अत्याधुनिक एभियोनिक्स, अत्याधुनिक नेभिगेसन प्रणाली र अनौठो उडान प्रक्षेपणले सुसज्जित रहेको जनाएको छ ।
आईएसपीआरकाअनुसार हतियार प्रणाली ४ सय किलोमिटरको दायरासम्म लक्ष्य साँध्न सक्छ । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वी र प्रधानमन्त्री अनवर-उल-हक काकरले उडान परीक्षण सफल भएकोमा सहभागी सेना र वैज्ञानिकहरूलाई बधाई दिएका छन् ।
प्रतिक्रिया