ज्यान मार्न पाइँदैन भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, सरकारी गाडी तोडफोडको प्रयास – Nepal Press

ज्यान मार्न पाइँदैन भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, सरकारी गाडी तोडफोडको प्रयास

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जनताको ज्यान मार्न पाइँदैन भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।

उनीहरुले अस्कल क्याम्पसलगायत क्षेत्रबाट जुलुस निकाल्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले सरकारी गाडी तोडफोडको प्रयास पनि गरेका छन् ।

आज दिउँसो ईपीस परीक्षाको विषयलाई लिएर भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि घटनामा दुई जनाको मृत्यु भएको विषयको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर