फैसला नसुनि अदालतबाट बाहिरिइन् गौशाला २६
नेपाल प्रेस
२०८० पुष १३ गते १७:०८
काठमाडौं । सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा दिएकी गौशाला २६ आजको बहसमा आफैं अदालत उपस्थित भइन् । उनले आफ्नो कुरा पनि राखिन् । तर, फैसलाको प्रतिक्षा नगरिकन उनी बाहिरिएकी छिन् ।
दिनभर बहस सुनेर बसेकी गौशाला २६ ले दुवैतर्फको बहस सकिएपश्चात आफ्नो भनाइ राखेकी थिइन् । त्यसपछि उनी अदालतबाट बाहिर निस्किइन् । बाहिर एकजनाले उनलाई मोटरसाइकलमा प्रतिक्षा गरिरहेका थिए । उनी मोटरसाइकल चढेर हिँडेकी हुन् ।
गाैशालाले क्याप र मास्क लगाएर अनुहार ढाेककी थिइन् । उनी सामान्य अवस्थामा देखिन्थिन् ।
प्रतिक्रिया