नौसेना कमान्डर थोङ चुन बने चीनका नयाँ रक्षामन्त्री – Nepal Press

नौसेना कमान्डर थोङ चुन बने चीनका नयाँ रक्षामन्त्री

काठमाडौँ । चीनले नौसेना कमान्डर थोङ चुनलाई नयाँ रक्षा मन्त्रीमा नियुक्ति गरेको छ ।

गत अगस्ट देखी सार्वजनिक दृश्यमा नदेखिएका र पछि औपचारिक रूपमा हटाइएका पूर्व रक्षामन्त्री ली साङ्फुको स्थानमा उनलाई ल्याइएको हो ।

बीबीसीका अनुसार सन २०२१ अगस्ट बाट नौसेनाका कमान्डर बनाइएको थोङ चुनलाई शुक्रवार बसेको चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समितिले नयाँ रक्षा मन्त्रीमा नियुक्ति गरेको हो ।

नौसेना कमान्डर हुनु अगाडि दक्षिण चीन सागर क्षेत्र हेर्ने चीनको दक्षिणी थिएटर कमाण्डरका सह कमाण्डर थिए उनी ।

चीन र अमेरिकाको एक वर्षबाट बन्द सैन्य सञ्चार सुचारु भएको केहि समयपछि ६२ वर्षका उनी चीनको नयाँ रक्षा मन्त्रीको रूपमा आएका छन् ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले सन २०२२ मा ताइवान भ्रमण गरेपछि चिनियाँ र अमेरिकी सैन्य सञ्चार बन्द भएर तनावको अवस्था आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर