चन्द्र भण्डारीको देउवा लक्षित टिप्पणी- आइफोन, आइप्याड आइसके टाइपराइटर र डेक्सटपको काम छैन (भिडिओ) – Nepal Press

चन्द्र भण्डारीको देउवा लक्षित टिप्पणी- आइफोन, आइप्याड आइसके टाइपराइटर र डेक्सटपको काम छैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी नेतृत्वमा रहेका नेताहरुलाई ‘टाइपराइटर’ को संज्ञा दिएका छन् ।

कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ को सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले आइफोन र आइओएसको जमना आएको उल्लेख गर्दै उनले अब टाइपराइटरको भविष्य नभएको र अपग्रेड हुनुपर्ने बताए ।

पार्टीका नेताहरुले आफू प्रधानमन्त्री र मन्त्री भइसकेको दम्ब देखाएर अन्य नेता कार्यकर्ताले दिएको सुझावलाई पनि मनन गर्न छाडेको गुनासो गरे ।

उनले भने- नेताहरुले म सचिव भएको मान्छे अहिले तिमी जस्ता केटाले हेप्ने भन्छ । म यति वर्ष लडेको । म प्रधानमन्त्री भइसकेको, मन्त्री भइसकेको मान्छेलाई तिमीले हेप्ने भन्छ । ठ्याक्कै टाइपराइटर र डेक्सटप कम्युटर र अहिलेको आइफोनको जस्तै झगडा नेपालको राजनीतिमा पनि छ । नयाँ नभइ हुँदैन कसले अब टाइपराइटर बोकेर हिँड्ने ?

देश चलाउने नेताले पनि समयसँग अपडेट हुनुपर्ने भण्डारीको तर्क छ ।

उनले भने- अहिले सबैको हात हातमा मोबाइल छ । घरमा कसैले टिभी हेर्दैन । हरेकको घरघरमा आइफोन आइप्याड पुग्यो छ । त्यसले हप्ता हप्तामा अपडेट गर भन्छ । अपडेट नगरे चल्दैन । अब देश चलाउने नेता पनि अपडेट हुनुपर्यो ।

बालकुमारी घटना दुःख भएको उल्लेख गर्दै भण्डारीले कोरिया जान पाउँ भनेर पर्न पर्ने देश नेपाल नभएको बताए । देशमा भएका सम्पदा र सम्पत्तीलाई सदुपयोग गरी युवालाई रोजगारी दिने योजना नै नेतृत्वसँग नहुँदा युवाहरुले विदेश जान पाउँ भन्दै गोली खान परेको उनले बताए ।

उनले भने- कोरियाको फर्म भर्न पाउँ भनेर मान्छे मरेका छन् । यो देश कोरियामा फर्म भर्न पाउँ भनेर मर्न पर्ने देश हो ?

उनले पार्टीको आन्तरिक राजनीतिमा गुटहरु धेरै हुँदा जितिरहेको ठाउँमा पनि चुनाव हार्नुपर्ने अवस्था आएको बताए ।

काठमाडौं र तनहुँको उदाहरण दिँदै उनले भने- जुन ठाउँबाट जितेको आएको मान्छेलाई देशको राष्ट्रपति बनायो त्यही हार्छ । चुनाव जितेर राष्ट्रपति हुने अनि उपनिर्वाचनमा चुनाव हार्ने ! के को भ्याक्सीन कम छ । कुनै रोग छ । त्यसलाई कुन भ्यक्सीन खोज्नुपर्छ भन्ने अवस्था छ अहिले । त्यो भ्यक्सिन हाम्रा पुराना नेताले लाउन सके की सकेन् । अब नयाँ लाउन सकछन कि सक्दैनन । फेरि अर्को नयाँ डाकटर खोज्न पर्छ कि ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर