मधेशमा शितलहर: जनजीवन प्रभावित, आगाे तापेर दिन काट्दै सर्वसाधारण – Nepal Press

मधेशमा शितलहर: जनजीवन प्रभावित, आगाे तापेर दिन काट्दै सर्वसाधारण

जनकपुरधाम । धनुषा, सिरहा, सप्तरी, महोत्तरीलगायतको जिल्लामा शितलहर सुरु भएको छ । शितलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको हो ।

दिउँसोसम्म घाम लागेको छैन।  शितलहल चलेसँगै मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । बजार तथा शहरमा मानिसको चलहपहल निक्कै कम भएको छ । मानिसहरु घुरा (आगो) बालेर दिन काट्न बाध्य छन् ।

 शितलहरबाट बालबालिका, बृद्धबृद्धा तथा पशुचौपाया प्रभावित बनेका छन् । शितलहरमा मधेशका जिल्लामा हरेक वर्ष दर्जनौं गरिब विपन्नले बाक्लो लुगाकै अभावमा ज्यान गुमाउँछन् ।

स्वास्थ्यकर्मी निरञ्जन शाक्यका अनुसार सामान्यतया मानिसको शरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेट हुनुपर्छ । तापक्रम घट्दै गएपछि सबै अंगले राम्ररी काम गर्न सक्दैनन् । यस्तो अबस्थामा स्वस्थ मानिसलाई पनि गाह्रो पर्ने र मृत्यु हुने गर्छ ।

शितलहरबाट जोगिन बाक्लो लुगा लगाउन र मन तातो झोल खानुपर्ने उनको सुझाव छ । ‘बालबालिका बुढाबुढी र दिर्घरोगीको बढी ख्याल गर्नुपर्छ । धेरै बाहिर निस्कन हुँदैन,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर