बालकुमारी घटना प्रकरण: गृहमन्त्री र पूर्वाधार मन्त्रीकाे राजीनामा माग्दै दैलेखमा पनि आन्दोलन – Nepal Press

बालकुमारी घटना प्रकरण: गृहमन्त्री र पूर्वाधार मन्त्रीकाे राजीनामा माग्दै दैलेखमा पनि आन्दोलन

सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा दैलेखका २१ वर्षीय सुजन र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि दैलेखमा पनि सरकारविरुद्ध आन्दोलन गरिएको छ ।

शनिबार दैलेखको सदरमुकामको गणेश चोकदेखि लोकतान्त्रिक चोकसम्म आन्दोलन गरिरहेका छन् ।

आन्दोलनकारीले हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन भन्दै सरकारविरुद्ध युवाहरुको समूह र विभिन्न राजनीति दलका व्यक्तिहरुले सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् ।

उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामाको माग गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *