गगनले देउवालाई भने- पार्टीमा संवाद नगरी गठबन्धनमा गरिएकाे निर्णयकाे भारी पार्टीले बाेक्दैन – Nepal Press

गगनले देउवालाई भने- पार्टीमा संवाद नगरी गठबन्धनमा गरिएकाे निर्णयकाे भारी पार्टीले बाेक्दैन

कांग्रेस मन्त्रीलाई गगनले भने- ८ महिनामा ८ कामको सूची दिनुस् जसले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्यायो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठकमा तीन बुँदे धारणा राखेका छन् ।

उनले सभापित शेरबहादुर देउवालाई गठबन्धन बैठक भनेर पार्टीमा संवाद नगरी आफ्नो व्यक्तिगत धाराणा राख्ने अनि पार्टीको निर्णय भन्ने परिपाटीमा गलत भएको र त्यस्तो धारणा पार्टीकाे हुन नसक्ने बताएका छन् । उनले त्यस्ता निर्णयकाे बाेझ पार्टीले नबाेक्ने थापाले बताए ।

शनिबार बैठकमा आफ्नो भनाइ राख्ने क्रममा थापाले यस्तो बताए । त्यस्तै, उनले गठबन्धन सरकारमा पार्टीबाट सहभागी मन्त्रीहरुले जनताको जीवनमा सकारात्मक परिवर्तन आउने काम गरेको सूची दिन भनेका छन् । उनले ८ महिनामा ८ वटा त्यस्ता सूची नभएको उनको भनाइ छ ।

यस्ता छन् थापाको धारणाः

१. सरकारमा काङ्ग्रेस सहभागी भएको ८ महिना भयो, काङ्ग्रेसका प्रत्येक मन्त्रीले ८ महिनामा गरेको एस्तो ८ वटा कामको सूची दिनुस् जसको कारणले नागरिकको जविनमा सकारात्मक परिवर्तन आयो र ती काम तपाईं नभएको भए हुँदैन थियो । अनि तपाईंको ती कामको प्रचार काङ्ग्रेसका तमाम सदस्यले गर्ने छन् ।

२. अब एक बर्षमा सरकारमा बसेर के गर्ने भन्ने लक्ष्य निर्धारण गरौं । त्यो लक्ष्य पूरा गर्न भनेजस्तो काम गरेनन भने मन्त्री फेरौ । अरु सबै दलसँग समय पनि छ,सुबिधा पनि छ अहिले भएन हामी आउँछौं र ठिक बनाउछौ भन्ने तर हामिले त्यो भन्न पाउदैनौ । अरुले मिसन ८४ भन्न पाउँछन् तर हामीले भन्न पाउदैनौ । हामी छलफल गरौं र नीति अधिबेशन बाट मिसन गुणस्तरीय शिक्षा मिसन सर्बसुलब स्वास्थ मिसन मर्यादित रोजगारी तय गरौं । अनि यी ४ वर्षमा यी कुरा पूरा गरौं । यसको आधारमा बल्ल जनतासामु जान पाइन्छ ।

३. गठबन्धन बैठक भन्ने अनि पार्टी भित्र सरसल्लाह सम्बाद समझदारी नगरी पार्टीको धारणा भनेर निर्णय गर्ने, त्यस्तो निर्णयको भारी निर्णय गर्ने एक्लैले बोक्नु पर्छ ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर