राष्ट्रिय सभाका लागि उम्मेदवारीको मापदण्ड तय, संसदीय समितिले उम्मेदवार छान्ने कांग्रेसको निर्णय – Nepal Press

राष्ट्रिय सभाका लागि उम्मेदवारीको मापदण्ड तय, संसदीय समितिले उम्मेदवार छान्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार छान्ने जिम्मा संसदीय समितिलाई दिएको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको नेता मीन बहादुर विश्वकर्माले बताए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय सभा उम्मेदवारको मापदण्ड पनि तय गरेको बताए ।

‘राष्ट्रिय सभामा कस्ता उम्मेदवार छनोट गर्ने निश्चित मापदण्ड तय गर्ने निर्णय गरेको छ’, उनले भने, ‘अहिलेसम्म अवसर नपाएका, लामो समय पार्टीमा योगदान गरेका, छुटेका समुदायलगायतको मापदण्डका आधारमा उम्मेदवार बनाइनेछ ।’

बैठक पुस १२ देखि सुरु भइ आज सकिएको हो ।


प्रतिक्रिया

One thought on “राष्ट्रिय सभाका लागि उम्मेदवारीको मापदण्ड तय, संसदीय समितिले उम्मेदवार छान्ने कांग्रेसको निर्णय

  1. काँग्रेस र माओवादीले समानुपातिक र राष्ट्रिय सभाको पद बेचेर खाएका छन् । अहिले ठगबन्धनले राष्ट्रिय सभाको पद बिक्रीमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर