सोमबारदेखि सुरूङमार्ग बनाउन सिद्वार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने – Nepal Press

सोमबारदेखि सुरूङमार्ग बनाउन सिद्वार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

रूपन्देही । सोमबारदेखि सिद्वबाबामा निर्माणाधीन सुरूङमार्ग निर्माणका लागि दैनिक छ घन्टा सिद्वार्थ राजमार्ग बन्द हुने भएको छ । सिद्धबाबा सुरुङमार्ग योजना, बुटवलले राजमार्ग बन्द हुने जरुरी सूचनामार्फत यस्तो जानकारी दिएको हो ।

सूचनामा यो योजना अन्तर्गत सिद्धबाबा सुरुङ मार्गको निर्माण गर्ने कार्य सुचारु रहेको र निर्माणको क्रममा बाटो साँघुरो भएको कारण निर्वाध रुपमा यातायात संचालनकै अवस्थामा कार्य गर्दा असहज हुनुको साथै माथिबाट दुग्ताहरु खस्ने, सवारी आवागमनमा उच्च जोखिम हुने भएकोले सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङ निर्माण क्षेत्रमा पुस १६ गते सोमबारदेखि १०० दिनको लागि राति १०.०० बजेदेखि बिहान ४.०० बजेसम्म अत्यावश्यक सवारी साधनां दमकल, एम्बुलेन्स, शववाहन र विपद्का साधन) बाहेकका अन्य सम्पूर्ण सवारी साधनको आवागमनलाई पूर्ण रुपमा बन्द गरिने निर्णय भएअनुसार पहिलो चरणमा फागुन ७ गतेसम्म बन्द गरिने उल्लेख छ ।

तर यो बीचमा पर्ने माघे संक्रान्ति पर्वको लागि पुस २९ गते र माघ १ गतेका लागि पुर्ववत रुपमा सवारी साधनको आवागमन खुल्ला हुने आयोजना प्रमुख रामपुकार जैसवालले जनाएका छन् ।

उनले यो अवधिभर सवारी साधनहरुलाई पाल्पातर्फबाट आउने सवारी साधनहरुः जडिबुटिचोक, सत्यवती जाने बाटो, तिनाउँ गाउपालिका बडा नं. ३ मा रोक्ने र बुटवल तर्फबाट आउने सवारी साधनहरुः चिडियाखोला तल्लो सिद्धबाबा मन्दिरनिर रोक्ने र सवारी साधनहरु रोक्दा र सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राखुहुन तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्नुहुन अनुरोध गरेका छन्। साथै उक्त अवधिभर बैकल्पिक सडक प्रयोग गर्न मिल्ने सवारी साधनहरुले सोही बमोजिम गर्नुहुन र बैकल्पिक सडकको रुपमा साना सवारी साधनहरुले मात्र बेलवास–नुवाकोट–दोभान सडक प्रयोग गर्न सकिने जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *