कांग्रेस बैठकमा पराजुलीको १० बुँदे प्रस्ताव- इसाई धर्म प्रचारक मन्त्री किराँतीको बर्खास्ती र धर्म संस्कृति विभाग गठन गरौँ
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती इसाईको धर्म प्रचार गर्दै हिँडेको भन्दै बर्खास्तीको माग गरेका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा १० बुँदे प्रस्ताव राख्दै उनले मन्त्रीलाई बर्खास्त गर्नुपर्ने र कांग्रेसले धर्म संस्कृति विभाग गर्नुपर्ने बताएका छन् ।
केही दिनअघि संस्कृति मन्त्री सुदन किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति निकै आलोचित बनिरहेको छ ।
यस्तै उनले गैर कानूनी रूपमा रुसी सेनामा भर्ती भएकाहरूलाई रोक्न कांग्रेसले ठोस कदम चाल्नुपर्ने उनले बताए । युवालाई गैह्र कानूनी तवरले युद्धस्थलमा रोजगारको लोभले जाने प्रकृतिलाई रोक्नुपर्ने बताए ।
कांग्रेस कोशी प्रदेशसभा सदस्य समेत रहेका पराजुलीले इपिएस भाषा परीक्षामा भाग लिन पाउँ भन्दा युवाहरूले ज्यान गुमाउनु परेको भन्दै उनले राज्यलाई कसले जनता मार्ने अधिकार दिएको छ भन्दै प्रश्न गरेका छन् ।
यी पराजुलीका प्रस्ताव