सुजन र वीरेन्द्रको शव गृह जिल्ला पुर्याइयाे, दाहसंस्कार गरिँदै


सुर्खेत । ललितपुरको बालकुमारीमा ईपीएसको विषयमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव गृह जिल्ला पुर्याइएको छ ।
नेपाली सेनका स्काई ट्रक एन ए-०६४ मार्फत शवलाई सुर्खेत लगिएको हो भने त्यहाँबाट हेलिकप्टरमार्फत रावतको शव दैलेख र शाहको शव अछाम लगिएको हो ।
रावतको आजै दाहसंस्कार गरिने आफन्तले जनाएका छन् ।
सुजनको शवलाई दैलेख बजारमा बाजागाजाका साथ अन्तिम श्रद्धाञ्जली दिइएको छ भने श्रीस्थानमा दाहसंस्कार गरिने उनका आफन्तले जनाएका छन् ।
सोमबार मृतकका परिवार र सरकारबीच ४ बककुदे सहमति भएपछि आफन्तले शव बुझेका हुन् ।
पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन स्थलमा गम्भीर घाइते भएका दुवैले अस्पतालमा ज्यान गुमाएका थिए ।