३० अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । साताको तेस्रो कारोबारका दिन शेयर बजार उच्च अंकले घटेको छ ।
मंगलबार नेप्से परिसूचक ३०.०५ अंकले घटेर २०३०.१० बिन्दुमा अडिएको हो । यसदिन बजारमा १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता सेयरको खरिदबिक्री हुदाँ ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९२२ रुपैयाँँको कारोबार भएको छ । अघिल्लो दिन सोमबार मात्रै ८ अंकले घटेको बजारमा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१ रुपैयाँको कारोबार भएको थियो ।
आज चिरखवा हाइड्रोपावर लिमिटेड सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफामा रहेको छ भने, हिमालयन आइड्रोपावर लिमिटेड नेगेटिभ सकिर्टका साथ सर्वाधिक घाटामा रहेको छ । उपसमूहतर्फका सबै सचकहरु रतम्बे रहेका छन् ।
मंगलबार बजार पूँजीकरण ३१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ ।