रिसोर्टको फाइल रोकेको भन्दै वनमन्त्रालयमा दीपक खड्काले पोखे आक्रोश, मन्त्रीले पनि सही थापे (भिडिओ) – Nepal Press

रिसोर्टको फाइल रोकेको भन्दै वनमन्त्रालयमा दीपक खड्काले पोखे आक्रोश, मन्त्रीले पनि सही थापे (भिडिओ)

काठमाडौं । पूर्वराज्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद दीपक खड्काले आफ्नो लगानीमा खोल्न लागेको रिसोर्टलाई अनुमति नदिएको भन्दै वन मन्त्रालयमा पुगेर आक्रोश पोखेका छन् । आफ्नो फाइल रोकिनुको कारणको जानकारी नदिए मन्त्रालयमा नै अनसन बस्ने उनले चेतावनी दिएका छन् ।

रिसोर्ट सञ्चालनको फाइल चार वर्षसम्म मन्त्रालयमा थन्काएर राखिएको भन्दै खड्काले सबै निकायको सहमति जुटाएर फाइल पेश गर्दा नियतवस रोकिएको दाबी गरे । मुलुकमा रोजगारी सिर्जनाका साथै आर्थिक क्षेत्रलाई सहयोग पुराउन रिसोर्ट खोल्न लागेपनि समयमा नै अनुमति नदिएर करौडौं नोक्सानी भएको उनको जिकिर छ ।

यता वन मन्त्रालयका सचिव डा. दीपककुमार खरालले शिवपुरी निकुञ्ज क्षेत्रमा रिसोर्ट खोल्दा पूरा गर्नुपर्ने मापदण्डमा समस्या देखिएकाले फाइल अघि बढ्न नसकेको बताए । उनले कानूनले तोकेबमोजिम दण्ड जरिवाना गरेपनि अन्य काम प्रक्रियाअनुसार हुन नसकेको देखिएको जिकिर गरे । कर्मचारीले तोकिएको मापदण्डविपरीत फाइल अघि बढाउन नमिल्ने बताए ।

त्यस्तै वनमन्त्री वीरेन्द्रप्रसाद महतोले यसमा जरिवाना तिरिसकेपछि पनि फाइल रोकेर राख्नु कर्मचारीको नियतको प्रश्न रहेको बताएका छन् । कर्मचारीले आफूलाई नटेर्ने भन्दै वन मन्त्रालयको कुनै औचित्य नरहेको बरु वन विभागमात्रै राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको उनको भनाइ छ ।

मन्त्री महतोले वन मन्त्रालयमा नियमसंगत आएका अन्य फाइललाई पनि कर्मचारीले रोक्ने गरेको गुनासो गरेका छन् ।


प्रतिक्रिया

One thought on “रिसोर्टको फाइल रोकेको भन्दै वनमन्त्रालयमा दीपक खड्काले पोखे आक्रोश, मन्त्रीले पनि सही थापे (भिडिओ)

  1. अरूका भएका घर खेती हटाएर निकुञ्ज बनाउने । अनि यिनका पैसा खाएर यिनलाई होटल खोल्न दिने ? निकुञ्ज भनेको होटल खोल्न हो ? कसैले होटल खोल्न अनुमति दिएको छ भने त्यसलाई जेल हाल्नुपर्छ । कुनै संरचना बनाएको छ भने तुरून्त भत्काएर कारवाही गर । यो के नाटक गरेको नि पत्रकार बोलाएर ? पत्रकारले पनि पाएपछि जे पनि समाचार बनाईदिईहाल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर