कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । कुवेत पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा तेह्रथुम म्याङलुङ नगरपालिका- २ घर भई काठमाडौं महानगरपालिका- ८ गौशाला बस्ने ४३ वर्षीया जुनु तुम्बाहाङफेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जुनुले १ जनालाई वैदेशिक रोजगारीका लागि कुवेत पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको आरोप छ । पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काटमाडौं गौशालाबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।