तीन निर्जीवन बीमा कम्पनीलाई नगद जरिवाना
काठमाडौं । नेपाल बीमा प्राधिकरणले तीन वटा निर्जीवन बीमा कम्पनीलाई नगद जरिवाना तिराएको छ ।
प्राधिकरणको सञ्चालक समितिको बैठकले युनाइटेड अजोड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीलाई २-२ लाख रुपैयाँ नगद जरिवाना गरेको हो ।
प्राधिकरणको स्पष्टीकरणको जवाफ नदिएको, प्राधिकरणका निर्देशनहरुको वेवास्ता गरेपछि जरिवाना गराएको प्राधिकरणका निर्देशक राजुरमन पौडेलले बताए ।
उनका अनुसार प्राधिकरणको स्थलगत निरीक्षणमा बीमा कम्पनीहरूले उधारो बीमा, रेट कटिङ गरेको, सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको, दाबी भुक्तानीमा बीमितलाई कस्ट दिएको भेटिएपछि प्राधिकरणले बारम्बार निर्देशन दिँदै आएको थियो ।