कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत जेल चलान – Nepal Press

कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत जेल चलान

पोखरा । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत कास्कीले पराजुलीसहित ४ जनालाई मंगलबार पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

न्यायाधीश ऋषिराम आचार्यको इजलासले मित्रमिलन बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम अपचलन गरेको मुद्दामा पराजुलीसहित गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराललाई थुनामा पठाउन आदेश दिएको अदालतका सुचना अधिकारी सूरज अधिकारीले जानकारी दिए ।

सहकारीको कार्यक्षेत्र थप गर्ने विषयमा घुस लिएको देखिएपछि उनीविरुद्ध केही दिन अघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी गरिएको थियो ।

पराजुली कुश्मा आउनुअघि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रारको रूपमा कार्यरत थिए । सोही समयमा उनले मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड ५ लाख रुपैयाँ घुस लिएको खुलेको प्रहरीको भनाइ छ ।

मित्रमिलन बचत तथा ऋण सहकारीका सञ्चालकहरूको बयानका क्रममा पूर्वरजिष्ट्रार पराजुलीले कार्यक्षेत्र विस्तारका नाममा घुस लिएको बयान दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर