ड्रोन आक्रमण परेर हमासका सहायक कमाण्डरको लेबनानमा मृत्यु
काठमाडौं । ड्रोन आक्रमणमा परेर जागाको लडाकु दस्ता हमासका सहायक कमाण्डरको लेबनानमा मृत्यु भएको छ ।
हमासका उपप्रमुख सालेह अल अरौरीको लेबनानको राजधानी बेरुतमा मङ्गलवार राती भएको ड्रोन हमलामा मृत्यु भएको हो ।
इजरायलले हालसम्म कुनै औपचारिक जिम्मेवारी नलिए पनि ड्रोन आक्रमण इजरायलले गरेको लेबनानी अधिकारीहरूलाई उद्धृत गरेर रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।
सन २००६ पछि बेरुतमा इजरायलको यो पहिलो आक्रमण हो । सन २००६ मा भएको लेबनानसँगको युद्धमा इजरायलले बेरुतमा आक्रमण गरेको थियो ।
मङ्गलवार मारिएका हमासका सहायक कमाण्डर हमासको सैन्य दस्ता निर्माणका स्थापनाका कमाण्डर थिए ।
हमासका नेता इज्जत अल रिक्सले बेरुतको इजरायली आक्रमणले इजरायल गाजामा सफल नभएर बाहिरी देशमा आक्रमण गर्न पुगेको देखाइएको बताएका छन् ।