तीन वर्षबाट अड्किएको बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री जयशंकर नेपाल आउँदै – Nepal Press

तीन वर्षबाट अड्किएको बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री जयशंकर नेपाल आउँदै

काठमाडौं । विगत तीन वर्ष देखी अड्किएको नेपाल र भारतका विदेशमन्त्रीहरुको संयुक्त बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री बिहीबार नेपाल आउँदै छन् ।

नेपाल तथा भारतीय दुवै पक्षका अधिकारीहरूले आगमनको सूचना सार्वजनिक गरेका छन् । बिहीबार आएका एस. जयशंकर शुक्रवार भारत फर्किनेछन् ।

बैठकमा नेपाल र भारतका दुई पक्षीय सवालहरूमा छलफल हुने बताइएको छ । नेपाली समकक्षी एनपी साउद देखी प्रधानमन्त्री प्रचण्ड तथा अरू शीर्ष नेतृत्वहरूसँग भेट्ने जयशंकरको भ्रमण सूची रहेको छ ।

प्रधानमन्त्री भएपछि प्रचण्डसँग उनको पहिलो भेट हुने भएको छ । भारत भ्रमणमा पुगेका प्रधानमन्त्री प्रचण्डसँग उनको भेट भएको थिएन ।

प्रचण्ड भारतमा हुँदा जयशंकर विदेश भ्रमणमा थिए । यस अगाडि भारतीय विदेश सचिवको रूपमा भने एस. जयशंकरको प्रचण्डसँग भेट भएको थियो ।

भारतीय अखबार दि हिन्दुका अनुसार नेपालबाट १० हजार मेगावाट बिजुली भारतमा खरिद गर्ने देखी त्रिभुवन विश्व विद्यालयमा निर्माण भएको नयाँ पुस्तकालयको उद्घाटनमा जयशंकर सक्रिय हुनेछन् ।

यस्तै, आगामी जनवरी २२ मा उद्घाटन हुने राम मन्दिरमा कुनै विदेशी सरकारका प्रतिनिधिहरुलाई निम्तो नआएकोमा त्यस बारेमा पनि जयशंकर र प्रचण्डको कुरा हुने हिन्दुले उल्लेख गरेको छ ।

नेपाल भारतका विदेशमन्त्रीहरुको यो सातौँ बैठक हुनेछ ।  पछिल्लो छैटौँ बैठक सन २०२१ को जनवरी १४ र १५ मा भारतको राजधानी नियाँ दिल्लीमा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *