सैन्य कू भएको निजेरमा लामो दबाबपछि फ्रान्सले बन्द गर्‍यो दूतावास – Nepal Press

सैन्य कू भएको निजेरमा लामो दबाबपछि फ्रान्सले बन्द गर्‍यो दूतावास

काठमाडौं । अफ्रिकी मुलुक निजेरमा फ्रान्सले आफ्नो दूतावास बन्द गरेको छ । निजेर गत जुलाई अर्थात छ महिना अगाडि भएको सैन्य कूपछि सरकार तथा नागरिक तहबाट दूतावास बन्द गर्न दबाब आएपछि फ्रान्सले बन्द गरेको थिएन ।

नयाँ सैन्य सरकार आउनाथ फ्रान्सका राजदूतलाई ‘पर्सना नन ग्राटा’ बनाइएको थियो । निजेरका लागी फ्रान्सेली राजदूत सिल्भाइन इट्टेले सैन्य सरकार वैधानिक नभएको भन्दै निगेर छोड्न आनाकानी गरेर बसिरहेका थिए । सेप्टेम्बर महिनामा फ्रान्स फर्किएका थिए । फ्रान्सको १५०० संख्याका सेनाहरु डिसेम्बरमा फर्किएका थिए ।

यद्यपी, फ्रान्सले दूतावास बन्द गरेको थिएन । मंगलबार भने फ्रान्सले दूतावास बन्द गरेको सार्वजनिक गरेको छ । रुसी विश्व च्यानल आरटीका अनुसार फ्रान्सको पूर्व उपनिवेश निजेरमा दूतावास बन्द सँधै भने नभएको फ्रान्सले संकेत गरेको छ ।

अर्को सूचना नहुन्जेलसम्मको लागि बन्द भएको फ्रान्सले उल्लेख गरेको छ । निजेर दूतावासको काम पेरिसबाटै हुने समेत जानकारी दिइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *