गगन थापा भन्छन्- यति धेरै पूर्वप्रधानमन्त्रीहरू राजनीतिमा सक्रिय भएको अन्त मैले देखेको छैन – Nepal Press

गगन थापा भन्छन्- यति धेरै पूर्वप्रधानमन्त्रीहरू राजनीतिमा सक्रिय भएको अन्त मैले देखेको छैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यति धेरै पूर्वप्रधानमन्त्रीहरु राजनीतिमा सक्रिय भएको अन्य कुनै देशमा आफूले नदेखेको बताएका छन् । पूर्वकर्मचारी समाजको कार्यक्रमलाई सम्बोधन गर्दै देश र नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा रहेको टिप्पणी गरे ।

उनले भने, ‘पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा देश र नेपालको राजनीति नै परेको छ । मिलेपनि उहाँहरु, झगडा गरेपनि उहाँहरु । मैले पढेको डेमोक्रेसिमा चाहिँ यति धेरै भूतपूर्व प्रधानमन्त्री राजनीतिमा क्रियाशील भएको देश मलाई थाहा छैन । अहिले म यहाँबाट गठबन्धनको बैठकमा जान्छु एकले अर्कालाई नमस्कार प्रधानमन्त्रीज्यू भन्छन् । एउटा भएका एउटा हुनेवाला, अर्का पूर्व प्रधानमन्त्री हुन्छन् । अहिले ५ बजे प्रमुख प्रतिपक्षसँग बैठक छ त्यहाँ पनि एउटा प्रधानमन्त्री, अर्को हुनेवाला र अर्को हुनसक्ने प्रधानमन्त्री । जताजतै यतिधेरै प्रधानमन्त्री भएको देश मैले देखेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर