शेयर बजार दोहोरो अंकले वृद्धि, आधा दर्जन बढी कम्पनीमा सर्किट – Nepal Press

शेयर बजार दोहोरो अंकले वृद्धि, आधा दर्जन बढी कम्पनीमा सर्किट

काठमाडौं । लगातार गिरावटको सातौं कारोबारका दिनमा शेयर बजार दाहोरो अंकले बढेको छ ।

साताको चौथौ दिन बुधबार २७.९० अंकले बढेको नेप्से परिसूचक २०५८ बिन्दुमा अडिएको हो । यसदिन बजारमा १ करोड ५ लाख ४९८ कित्ता शेयरको खरिदबिक्री हुदाँ ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४५४ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन मंगलबार मात्रै ३० अंकले घटेको बजारमा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९२२ रुपैयाँको कारोबार भएको थियो ।

आज लगातारको गिरावटको सातै दिनमा नेप्से परिसूचक बढेके हो । यसअघि गत पुस ४ गते मात्रै अन्तिम पटक ३५ अंकले परिसूचक बढेको थियो ।

आज आधा दर्जन बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फास्टकचर एण्ड डेभल्पमेन्ट लिमिटेड, पिपुल्स हाइड्रोपावर कम्पनी, भग्वती हाइड्रोपावर डेभल्पमेन्ट लिमिटेड, सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेड सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफामा रहेका छन् ।

कारोबारका आधारमा सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड २६ करोड ६३ लाख रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । बुधबार बजार पूँजीकरण ३१ खर्ब ९६ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *