दोस्रो टेस्टको पहिलो पालीमा भारतले दक्षिण अफ्रिकालाई ५५ रनमै अलआउट गर्‍याे – Nepal Press

दोस्रो टेस्टको पहिलो पालीमा भारतले दक्षिण अफ्रिकालाई ५५ रनमै अलआउट गर्‍याे

काठमाडौं। भारतविरुद्धको दुई टेस्टको शृंखलाअन्तर्गत दोस्रो खेलको पहिलो पालीमा घरेलु टोली दक्षिण अफ्रिका ५५ रनमा समेटिएको छ।

खेलको पहिलो दिन टस जितेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले २३.२ ओभरमा सबै विकेट गुमाएर ५५ रनमा सिमित भएको थियो। भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट लिए। जसप्रित बुमराह र मुकेश कुमारले दुई दुई विकेट हात पारे।

दक्षिण अफ्रिकाका डेभिड बेडिङहामले १२ र कायल भेरिनले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। यसअघि पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *