पूर्व अरनिको यातायातले बनाएको जडिबुटी बसपार्क नभत्काउन उच्च अदालतको फैसला – Nepal Press

पूर्व अरनिको यातायातले बनाएको जडिबुटी बसपार्क नभत्काउन उच्च अदालतको फैसला

काठमाडौं । पूर्व अरनिको यातायात प्रालिले काठमाडौं महानगरपालिका–३२ वडाको जडिबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन उच्च अदालत पाटनले फैसला गरेको छ ।

निजी लगानीमा निर्माण सम्पन्न भएर सञ्चालन समेत सुरुवात भएको बसपार्क र त्यहाँ निर्माण भएको संरचना महानगरपालिकाले भत्काउने भएपछि त्यसका विरुद्ध पूर्व अरनिको यातायात प्रालि उच्च अदालत पाटन गएको थियो ।

उच्च अदालत पाटनले असोज १२ गते अल्पकालिन अन्तरिम आदेश दिएको थियो । त्यस्तै अदालतले असोज २१ गते नभत्काउनका लागि अन्तरिम आदेश समेत दिएको थियो । अदालतको अन्तरिम आदेश र जिल्ला प्रशासन कार्यालयले अस्थाई रुपमा बसपार्क सञ्चालनको अनुमती दिएपछि पुर्व अरनिको यातायात प्रालिले अहिले बसपार्क सञ्चालन गरिरहेको छ ।

काठमाडौं महानगरपालिकाले हालसम्म बसपार्क सञ्चालनको अनुमती दिएको छैन । उच्च अदालत पाटनले बुधबार अरनिको यातयातको पक्षमा फैसला गर्दै निजी लगानीमा निर्माण भएको बसपार्क र त्यहाँ निर्माण भएको कुनै पनि संरचना नभत्काउन फैसला गरेको पुर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।

अदालतको फैसलासँगै अब आफुहरु बसपार्क सञ्चालनका लागि योजना बनाएर अगाढी बढ्ने अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिरीने लामो, र मध्यम दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनहरुलाई अनिवार्य रुपमा काठमाडौंमा रहेको गोङ्गबु बसपार्कबाट नै छुट्नुपर्ने व्यवस्थाको सुरुवात गरेपनि पुर्व अरनिको यातायात प्रालिले भने आफ्नै लगानीमा छुट्टै बसपार्क निर्माण गरेर दशै देखि नै त्यहीबाट बसहरु सञ्चालन गरेको थियो ।

राजधानी पुर्वका जिल्लामा सञ्चालन हुने यातायातका साधानहरु लाई गोङबु बसपार्कमा नै पुग्नुपर्ने निर्णय अव्यवहारीक रहेको भन्दै पूर्व अरनिको यातायात प्रालिले काठमाडौ महानगरपालीका–३२ नम्बर वडाको जडिबुटीमा सुविधासम्पन्न बसपार्क निर्माण सम्पन्न गरेर यात्रुहरुलाई त्यहीबाट सेवा सुविधा दिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

१४ रोपनी जग्गा भाडामा लिएर पुर्व अरनिको यातायाता प्रालिले सुविधासम्पन्न बसपार्क निर्माण गरेको थियो ।


प्रतिक्रिया

2 thoughts on “पूर्व अरनिको यातायातले बनाएको जडिबुटी बसपार्क नभत्काउन उच्च अदालतको फैसला

  1. यसरी सबै यातायातले आ-आफ्नै संरचना बनाएर बस चलाएमा यातायातको व्यस्थापन भद्रगोल हुन्छ । यसक‍ो जिम्मेवार उच्च अदालत हुन्छ अब ।

  2. बनाई सकेका संरचना भत्काउनु उचित हुँदैनथ्यो उच्च अदालतले विवेक पुर्ण निर्णय गरेको छ ! हामी पुर्वका यात्रुलाई बस चड्न र उत्रिएपछि फेरि कोटेश्वरमा आउन समय सगै थप पैसा खर्चेनु पर्ने गंगवु बस पार्कमा व्यवहारिक पनि हुँदैन ! अव बसपार्क लाई थप व्यवस्थित बनाउने र यात्रुहो मन जित्ने काम पुर्व अरनिको यातायात प्रा लि गर्नु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर