बीवाइडीले २०२३ मा गर्‍यो ३ मिलियनभन्दा धेरै विद्युतीय गाडी बिक्री – Nepal Press

बीवाइडीले २०२३ मा गर्‍यो ३ मिलियनभन्दा धेरै विद्युतीय गाडी बिक्री

काठमाडौं । चीनमा रहेको विद्युतीय गाडी उत्पादन गर्ने बीवाइडी कम्पनी सन् २०२३ मा ३ मिलियनभन्दा धेरै विद्युतीय गाडी बिक्री गरेको छ । अहिले विश्वमा सबैभन्दा धेरै विद्युतीय गाडी बिक्री गर्ने कम्पनीको टपमा बीवाइडी रहेको छ ।

कम्पनीले सन् २०२३ को अन्त्यसम्ममा ३० लाख २४ हजार ४१७ वटा विद्युतीग गाडी बिक्री घोषणा गरेको छ । वार्षिक मापदण्डमा ४५ प्रतिशतको वृद्धि देखाएको छ । सो कम्पनीले सन् २०२३ मा ३ लाख ४१ हजार ४३ वटा विद्युतीय गाडी बिक्री गरेको थियो ।

२०२२ मा पनि बीवाइडीले नयाँ रेकर्ड कायम गर्दै १.८६ मिलियन विद्युतीय गाडी बेचेको थियो । बीवाइडीले २०२३ लाई उत्कृष्ट वर्षका रुपमा मनन गरेको बताएको छ । सो कम्पनीले पर्यावरण मैत्री सवारीसाधनहरु मार्फत यातायातको क्षेत्रमै केही परिवर्तन ल्याउने संयुक्त प्रयास गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर