खाद्यले व्यवस्था कम्पनीले दसैंका लागि ल्याएको २० वटा च्याङग्रा मरे, के देखिन्छ सीसीटीभीमा ? (भिडिओ) – Nepal Press

खाद्यले व्यवस्था कम्पनीले दसैंका लागि ल्याएको २० वटा च्याङग्रा मरे, के देखिन्छ सीसीटीभीमा ? (भिडिओ)

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैं र तिहारको लागि ल्याएको २० वटा च्याङग्रा मरेका छन् । दसैंका लागि व्यापार कम्पनीले ५ सय ४२ वटा च्याङग्रा ल्याएको थियो । दसैं तिहारमा बिक्री नभएर बाँकी रहेका च्याङग्रामध्ये २० वटा मरेको हो ।

हिजोसम्म स्वास्थ्य अवस्थामा रहेको च्याङग्रा आज बिहान मरेको अवस्थामा भेटिएको हो । कम्पनीसँग बिक्री हुन बाँकी ४७ वटा च्याङग्रा थिए । त्यसमध्ये १० वटा स्वास्थ्य, २० वटा मरेका र १७ वटा बिरामी रहेको छ । मरेका २ वटा च्याङग्रा प्रयोगशालामा पठाइएको छ ।

भिडिओ

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रदेश प्रमुख ज्ञानु थापाले हिजोसम्म स्वास्थ अवस्थामा रहेका च्याङग्रा आज बिहान आउँदा मरेको अवस्थामा रहेको बताइन् ।

उनले नेपाल प्रेससँग भनिन्, ‘२० वटा च्याङग्रा मरेको छ । मरेकामध्ये २ वटाको परीक्षण गर्न प्रयोगशाला पठाइएको छ । अब के भएर मेरको रहेछ भन्ने रिपोर्ट आएपछि थाहा हुन्छ । सीसीटीभी फुटेज हेर्दा कुकुर छिरेर टोकेको जस्तो देखिन्छ । किनेको मूल्यभन्दा कममा बिक्री गर्न नमिल्ने कारणले पनि लामो समयसम्म बिक्री नभएको हो । मान्छेसँग पैसाको कमी भएका कारणले पनि लक्ष्य अनुसारको बिक्री भएन र स्टक रह्यो ।’

राति कुकुर छिरेर केही समय च्याङग्रालाई टोकेर पुनः कुकुर बाहिर आएको सीसीटीभी फुटेजमा देखिएको कम्पनीका एक कर्मचारीले बताए । मरेका र बिरामी च्याङग्रा एक ठाउँमा रखिएको छ भने स्वास्थ च्याङग्रालाई भने कम्पनीको खुल्ला ठाउमा छोडिएको छ ।

केन्द्रीय चिकित्सालय त्रिपुरेश्वरमा कार्यारत पशु चिकित्सक डक्टर सुदिप रेग्मीले कुकुरले टोकेको जस्तो घाउ देखिएको बताए ।

उनले भने, ‘राति च्याङग्रा राखेको ठाउँमा कुकुर छिरेर टोकेको जस्तो देखिन्छ । रगत बगेरैै मरेको देखिएको छ । २ वटा मरेको च्याङग्रा परिक्षणका लागि ल्याबमा पठाइएको छ । यहाँ बिरामी भएका च्याङग्रा भने उपचार भइरहेको छ ।’

प्रारम्भिक अध्यनबाट २० वटा च्याङग्र मरेको पाइएको छ । अधिकांशको च्याङग्राको घाटीमा कुकुरले टोकेको देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर