दुई दिनमै दक्षिण अफ्रिकालाई हराएर भारतले बनायो टेस्ट क्रिकेटमा विश्व कीर्तिमान – Nepal Press

दुई दिनमै दक्षिण अफ्रिकालाई हराएर भारतले बनायो टेस्ट क्रिकेटमा विश्व कीर्तिमान

काठमाडौं । भारतले दक्षिण अफ्रिकाविरुद्धको दुई खेलको टेस्ट शृंखला १-१ ले बराबरी गरेको छ । दोस्रो खेलमा भारतले विश्व कीर्तिमानसहित जित निकालेर शृंखला बराबरी गर्यो ।

केप टाउनमा भएको यो खेल टेस्ट इतिहासकै सबैभन्दा छोटो बन्यो । दुई दिनमै सकिएको खेलमा केवल ६४२ बल फ्याँकिएको थियो । यसअघि सन् १९३२ मा दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच भएको खेल ६५६ बलमै सकिएर विश्व कीर्तिमान बनेको थियो । करिब ९२ वर्ष पुरानो कीर्तिमान तोडिएको हो ।

पहिलो पालीमा दक्षिण अफ्रिकालाई ५५ रनमा समेटेको भारतले दोस्रो पालीमा एक सय ७६ रनमा समेट्दै केवल ७९ रनको लक्ष्य पाएको थियो। भारतले ३ विकेट मात्र गुमाएर लक्ष्य पुरा गर्योो। पहिलो पालीमा भारतका मोहम्मद सिराज र दोस्रो पालीमा जसप्रित बुमराहले ६/६ विकेट लिएका थिए ।

पहिलो खेलमा इनिङ्स अन्तरले पराजित भएर आलोचित बनेको भारतले शृंखलामा शानदार पुनरागमन गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *