अदालतको अवहेलना मुद्दामा ७ वर्षपछि प्रधानमन्त्री प्रचण्डले पाए सफाइ – Nepal Press

अदालतको अवहेलना मुद्दामा ७ वर्षपछि प्रधानमन्त्री प्रचण्डले पाए सफाइ

काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सफाइ पाएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ मा दर्ता गरेको उक्त मुद्दामा फैसला सुनाउँदै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले मागदाबी नपुग्ने ठहर गरेको हो ।

द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर प्रचण्डले टिप्पणी गरेको जिकिरसहित त्रिपाठीले अवहेलना मुद्दा दायर गरेका थिए । यो मुद्दाको बहस सकिएर आजका लागि निसु तोकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर