अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन भक्तपुरका ५ खेलाडी भारत प्रस्थान – Nepal Press

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन भक्तपुरका ५ खेलाडी भारत प्रस्थान

भक्तपुर । गुविल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन नेपालको तर्फबाट भक्तपुरका पाँच खेलाडी भारत प्रस्थान गरेका छन् । भारतको कोलकाता शहरमा जनवरी ५ र ६ मा हुने प्रतियोगिताको लागि प्रशिक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा भक्तपुरका ५ खेलाडी भारत गएका हुन् ।

भक्तपुरका पाँचै जना खेलाडी सूर्यविनायक नगरपालिका- ९ नंखेलस्थित मदरल्याण्ड स्कुलका वर्तमान र पूर्वविद्यार्थीहरु हुन । हाल कक्षा ८ का विद्यार्थी जयराम विकले प्रतियोगितामा ४८ केजी तौलमुनि प्रतिस्पर्धा गर्ने स्कुलका प्रिन्सिपल सञ्जय खड्काले जानकारी दिए । उनका अनुसार जयराम तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीसमेत हुन् ।

त्यस्तै स्कुलकी पूर्वविद्यार्थी आरती सिंख्वालले महिला ४९ केजीमुनि, निशान्त लामिछानेले ५९ केजी र शान्तकुमार राणामगर तथा अस्तिक नकर्मीले ६८ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्ने प्रिन्सिपल खड्काले बताए ।

प्रतियोगितामा नेपाल र भारतसँगै बगंलादेश, भूटानलगायत देशका खेलाडीहरु सहभागी हुने तेक्वान्दो आईटीएफ नेपालका अध्यक्ष एवं प्रशिक्षक बस्नेतले जानकारी दिए । उनी आफैं प्रतियोगितामा अतिथिको रूपमा आमन्त्रित छन् ।

भारत प्रस्थान गर्नुअघि नेपाली टोलीलाई काभ्रेको बनेपा नगरपालिका- १३ स्थित विकटेश्वर मन्दिरका पुजारी प्रदीप पौडेलले वैदिक परम्पराअनुसार मन्त्रोचारण गरी सफलताको कामनासहित बिदाइ गरेका थिए । त्यस्तै मदरल्याण्ड स्कुलकी व्यवस्थापक शर्मिला देउजाले विद्यार्थीहरुलाई बिदाइ गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *