२० वर्ष पुराना सबै सवारीसाधन उपत्यकाबाट हटाउनुपर्छः अध्यक्ष मल्ल (भिडिओ) – Nepal Press

२० वर्ष पुराना सबै सवारीसाधन उपत्यकाबाट हटाउनुपर्छः अध्यक्ष मल्ल (भिडिओ)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले २० वर्ष पुरानो सवारीसाधन उपत्यकाबाट हटाउनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अटो मोबाइललाई पनि राम्रो हुने र वातावरणमा पनि असर नहुने भएकाले २० वर्ष पुरानो सवारीसाधन सबै उपत्यकाबाट हटाउनुपर्ने बताए ।

उनले १६ औं पञ्चवर्षीय योजनाले गरेको घोषणा आर्थिक नीतिले समेट्नुपर्ने र आर्थिक नीतिले घोषणा गरेको कुरा मौद्रिक नीतिले समेट्ने गरी काम गर्न सरकारलाई सुझाव दिए ।

उनले भने, ‘अहिले विशेष गरी अटो मोबाइललाई पनि हुने र हाम्रो वातावरण पनि असर नहुने यो २० वर्ष पुरानो गाडी सबै यो भ्यालीबाट हटाउनुपर्छ । कुनैकुनै त हामी जन्मिएको सालदेखिका पनि छन् । यसलाई अलि डेकोरेशन गरेर राख्न सक्नुपर्छ । हाम्रो मुलुकमा जुन तरलताको कुरा छ, अर्को वर्ष १६ औं पञ्चवर्षीय आउँदैछ । त्यो पञ्चवर्षीय योजनादेखि हामीले एउटा पञ्चवर्षीय योजनाले गरेको घोषणा आर्थिक नीतिले समेट्नुपर्ने, आर्थिक नीतिले घोषणा गरेको कुरा मौद्रिक नीतिले समेट्ने कुरा होस् । सरकारी सेवा आम जनताप्रधान गरेर टाइम बाउण्ड एक्शन प्लान गरेर सरकारले सेवा प्रदान गर्नुपर्छ । छक्याउने काम गर्नुभएन ।’

अध्यक्ष मल्लले सरकारी सेवा आम जनताप्रधान बनाउन पनि आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर