ऋषिराम अधिकारीको कविता- ‘बा’ (भिडिओ)
‘बा’
त्यति बेला ‘बा’ थिए,
दिने कुनै उपहार थिएनन् !
अहिले उपहार थुप्रै छन्,
तर लिईदिने ‘बा’ भएनन् !!
चाहनाहरु थोरै थिए,
जिउने बहाना धेरै थिए,
हासों आशु सबै थिए,
माया गर्ने साथ् थिए,
न भूतको ज्ञान थिए,
भबिस्यको अन्जान थिएँ,
सुखै सुख नभएनि
पिडा थेग्ने काख थिए
त्यति बेला ‘बा’ थिए,
दिने कुनै उपहार थिएनन् !
अहिले उपहार थुप्रै छन्,
तर लिईदिने ‘बा’ भएनन् !!
बुढा भएनी ‘बा’ थिए,
सकी नसकी आउने गर्थे !
त्यो स्कुलको घण्टी लाग्न नपाउदै !
बुढो सरिर धेरै ठाउँमा बिसाउदै,
कहिले पाउरोटी त कहिले चंद्र भैयाले बनाको जेरी
कति गाह्रो हुन्थ्यो होला है ‘बा’ त्यहाँ सम्म आउँदा?
म अझ झ्याम्मिदै हाम फाल्थे,
आइया नि नभनी ‘मेरो बाबु’ भन्ने
मलाई माया गर्ने तिमि थियौं,
तिम्रा खुसीका हासो म थिएँ !
त्यति बेला ‘बा’ थिए,
दिने कुनै उपहार थिएनन् !
अहिले उपहार थुप्रै छन्,
तर लिईदिने ‘बा’ भएनन् !!
उमेर देखि हारेका थिए,
तर समयलाई नै जितेका थिए !
ति चाहुरी परेका छालाहरु,
पहिले छुदा अनौठो लाग्थ्यो !
अहिले आएर त्यहि स्पर्शलाई
आँखा चिम्ली सम्झन्छु,
लाग्छा फेरी त्यहि सेतै फुलेका दारी
आफ्नो गालामा जोडी खेल्न पाए?
तिम्रा ति कृतिम दाँतलाई
फेरी आफैले लगाई गिज्याउन पाए?
त्यति बेला ‘बा’ थिए,
दिने कुनै उपहार थिएनन् !
अहिले उपहार थुप्रै छन्,
तर लिईदिने ‘बा’ भएनन् !!
‘बा’ भनेर पुकार्ने ध्वनि थिए,
संसारका सारा खुसि त्यस मै थिए !
धर्ति जस्ती ममताले भरिएको आमा थिईन,
आकाश जस्तो सुशील ‘बा’ थिए !
तर धर्ति र आकाश जस्तो
कहिल्लै संगम नहुने गरि
आकाश माथि रहें
र धर्ति अझै मलाई सम्हाल्दै छिन् !
तिम्रा पिडा र मेरो जिम्मेवारी उनि लिदै छिन्
किनकि उनि अहिले ‘आमा’ र ‘बा’ दुवै बनेकी छिन् !
त्यति बेला ‘बा’ थिए,
दिने कुनै उपहार थिएनन् !
अहिले उपहार थुप्रै छन्,
तर लिईदिने ‘बा’ भएनन् !!
हेर त ‘बा’
जो तिम्रो काँधमा राख्ने थिएँ,
तिम्रो छोरो अहिले जवान भएको छ !
अहिले उ धेरै कुरा बुझ्ने भएको छ,
तिम्रो स्याब्बासिको लायक भएको छ,
तर ति हाथहरुबाट स्याब्बासी कहिल्यै पाउदिन !
संसारले तालि बजाउदा
तिम्रो ‘बाबु’ शब्दले ध्वनि गुन्जन्छ
अनि एक्लोपनको आभाष हुन्छ !
लाग्छ केहि अपुग छ,
केहि अझै अपुरो छ!
त्यति बेला ‘बा’ थिए,
दिने कुनै उपहार थिएनन् !
अहिले उपहार थुप्रै छन्,
तर लिईदिने ‘बा’ भएनन् !!