बरहथवा घटना छानबिनका लागि तीन सदस्यीय समिति गठन – Nepal Press

बरहथवा घटना छानबिनका लागि तीन सदस्यीय समिति गठन

परिवारलाई १० लाख राहत दिने गृहमन्त्रालयको निर्णय

काठमाडौं । बरहथवा घटनाको छानबिनका लागि गृहमन्त्रालयले तीन सदस्यीय समिति बनाएको छ ।

मृतकको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने र छानबिनका लागि समिति बनाउने निर्णय गृह मन्त्रालयले गरेको सचिव दिनेश भट्टराईले बताए ।

समितिको संयोजकमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम रहेका छन् । सदस्यहरूमा नायब महानिरीक्षक प्रहरी महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेका छन् ।

शुक्रवार सर्लाहीको बरहथवा नगरपालिका–५ मा गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गर्ने विषयमा विवाद हुँदा घटना घटेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर