चुरेबाट चार किलो लागूऔषधसहित तीन जना पक्राउ
कैलाली । कैलालीको चुरेबाट पाँच किलो लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडास्थित झालपोखरीमा रहेको एक होटेलबाट चार किलो लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
शनिवार होटेल सञ्चालक गोरे जागरी, बझाङको बुङगल नगरपालिका वडा नम्बर १ का कर्णबहादुर धामी र वडा नम्बर २ का अमर धामी लागूऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
उनका अनुसार प्रहरीले चार किलो चरेस सहित तराजु, ढक समेत बरामद गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय मालाखेती, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोस्ट खानीडाडाबाट खटिएको संयुक्त प्रहरी टोलीले होटेलमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा लागु औषध फेला परेको हो।