गठबन्धन बैठक जारी : चित्रबहादुर, महन्थ र सिके निस्किए
नेपाल प्रेस
२०८० पुष २१ गते १९:५०
काठमाडौं । राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल गर्न बालुवाटारमा जारी गठबन्धनको बैठकबाट तीन नेता निस्किएका छन् ।
करिब ४ घण्टादेखि बालुवाटारमा बैठक जारी छ । बैठकबाट चित्रबहादुर केसी, सीके राउत र महन्थ ठाकुर निस्किएका हुन् ।
यो बैठकबाट दलले कति सिट पाउने भन्ने टुङ्गो लाग्ने बताइएको छ ।
बिहान बसेको गठबन्धनको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न नसकिने निष्कर्ष निकालेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर