राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीबाट एमालेका ९ जनाको नाम सिफारिस
सुर्खेत । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले कर्णाली प्रदेश कमिटीले ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।
कर्णालीका रिक्त हुने तीन सिटका लागि महिला, खुल्ला र दलित गरी ९ जनाको नाम सिफारिस गरेको हो ।
जसका लागि महिलामा तीन जना, दलितमा तीन र खुल्ला तर्फ तीन जना रहेका छन् ।
महिलामा कालिकोटकी सुभद्रा सिंह, डोल्पाकी बद्मीकुवारी बोहोरा र हुम्लाकी विमलाकुमारी शाहीको नाम सिफारिस भएको छ ।
खुल्लाबाट जाजरकोटका कृष्णबहादुर शाह, जुम्लाका बलबहादुर महत र मुगुका दिल्ली भट्ट सिफारिस भएका छन् ।
दलितबाट दैलेखका हिक्मत वि.क, सुर्खेतका बलबहादुर नेपाली र हुम्लाका पर्वत सुनारको नाम राष्ट्रियसभाका लागि सिफारिस भएको छन् ।