गठबन्धन बैठक भाँडियाे, माधव नेपाल असन्तुष्टि जनाउँदै बाहिरिए – Nepal Press

गठबन्धन बैठक भाँडियाे, माधव नेपाल असन्तुष्टि जनाउँदै बाहिरिए

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको सीट बाँडफाँडमा कुरा नमिलेपछि नेकपा एसका अध्यक्ष माधव नेपाल लगायत नेताहरू बहिरिएका छन् ।

नेकपा एसका उपाध्यक्ष  राजेन्द्र पान्डेले सीटामा कुरा नमिलेपछि आफुहरू हिँडेको बताए ।

उनले भने- सीटमा कुरा मिलेन त्यस कारणले हामी हिन्यौं । तीनवटा दल बाँकी छन् हामी चाहिँ हिड्यौं । डिमाण्डको कुरा छाडौं । कुरा नमिलेपछि यतिउती भन्ने कुरै भएन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । नेकपा एसले ५ सीटमा दाबी गर्दै आएको छ ।

नेपाल बाहिरिए पनि कांग्रेस, माओवादी र जसपाका शीर्ष नेताहरू छलफलमा नै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर