अमेरिकी नेतृत्वको विदेशी फौजको बहिर्गमन तयारी गर्दै इराक सरकार
काठमाडौं । इराकले अमेरिकी नेतृत्वको विदेशी फौज निष्कासनको तयारी गरेको छ । इराकी प्रधानमन्त्री महोमद सिया अल सुडानीले यस्तो तयारी गरेको बताएका छन् ।
सुडानीको यस्तो घोषणा बगदादमा भएको अमेरिकी आक्रमणमा परेर बिहीबार मिलिसिया कमान्डर मृत्यु भएको घटनापछि आएको हो ।
इराकी सरकारको मिलिसिया कमान्डरको अमेरिकी हवाई हमलामा परेर मृत्यु भएको थियो । हमलामा अन्य दुई जनाको पनि मृत्यु भएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।
उनले आक्रमणको निन्दा गर्दै भनेका छन्, ‘अन्तर्राष्ट्रिय गठबन्धनको शब्द र मर्म विपरीत हाम्रा सुरक्षा बलहरूमा भएको आक्रमणको हामी निन्दा गर्छौ ।’
इराकी प्रधानमन्त्रीले अमेरिकी सैनिक फिर्ताको कुरा गरे पनि अमेरिकाले भने स्वीकार गरेको छैन । इराकी प्रधानमन्त्री सुडानीकै निमन्त्रणामा अमेरिकी नेतृत्वको २५०० फौज इराकमा छ ।
तत्कालीन इस्लामिक स्टेट विरुद्ध ल्याइएको भनिएको फौज अहिलेसम्म इराकमै छ । यसले इराक र सिरियामा सक्रियता देखाउने गरेको छ ।