विपक्षी नेतालाई नजरबन्दमा राखेर बंगलादेशमा आज चुनाव हुँदै
काठमाडौं । आज बंगलादेशमा आम निर्वाचन हुँदैछ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले ढाका सिटी कलेजमा बिहान ८ः०३ मा मत खसाएकी थिइन् । बंगलादेश नेसनालिस्ट पार्टी लगायतका मुख्य विपक्षीहरुले बहिष्कार गरेको चुनावमा सत्ताधारी अवामी लिगले फेरि निर्वाचन जित्ने निश्चित छ ।
चुनावबाट प्रधानमन्त्री शेख हसिना लगातार चौथौपटक प्रधानमन्त्री बन्ने पक्कापक्की भएको विश्व मिडियाहरुले लेखेका छन् । झण्डै १७ करोड जनसंख्या भएको दक्षिण एसियाको उदीयमान अर्थतन्त्र बंगलादेशको चुनावलाई लिएर अहिले विश्वभर चासो र चिन्ता भएको छ ।
विपक्षी दलका २० हजार नेताकार्यकर्तालाई थुनामा राखिएको तथा विपक्षी दलकी नेतृ खालिदा जियालाई घरमा नजरबन्द गरेर भएको चुनाव भएकोले चुनावी निष्पक्षतामा प्रश्न सुरु भएका छन् ।
आज हुने आम चुनाव बंगलादेशको १२ औँ राष्ट्रिय चुनाव भएको बंगलादेशको अखबार डैली स्टारले उल्लेख गरेको छ । डेली स्टारका अनुसार चुनावको दिन बंगलादेशको राजधानी ढाकामा ‘शान्ति’ भएपनि सुनसान भएको उल्लेख गरेको छ । बंगलादेशका प्रमुख निर्वाचन आयुक्तले चुनावमा कति मतदाता आउने भन्नेबारेमा मिडियालाई प्रतिकृया दिन नमानेको डेली स्टारले उल्लेख गरेको छ ।
बिहान साढे आठ बजे ढाकाको शान्तिनगरमा मतदान गरेपछि पत्रकारहरुसँग कुरा गरेका प्रमुख निर्वाचन आयुक्त काजी हाबीबुल अल्ले प्रतिकृया दिन नमानेका हुन् । बंगलादेशको चुनावमा विपक्षीहरुले भने आम हड्ताल घोषणा गरेका छन् । हड्ताल देखी चुनावी हिंसाको कारणले मतदाताको उपस्थिति कम हुने अनुमान गरिएको छ ।
सन् २०१४ पछिका बंगलादेशका चुनावी मैदानमा प्रमुख प्रतिपक्षी बंगलादेश नेसनालिस्ट पार्टी तथा त्यसकि नेतृ पूर्वै प्रधानमन्त्री खालिदा जिया लगातका अन्य प्रमुख विपक्षीहरुले बहिष्कार गर्दै आएका छन् । शेख हसिनाले सत्ता कब्जा गरेर धाँधली गरेर चुनाव जित्नै भन्दै उनीहरुले स्वतन्त्र चुनावी सरकार नहुन्जेल भाग नलिने बताउँदै आएका छन् ।
प्रमुख दलहरु चुनावी मैदानबाट भागेपछि जातिय पार्टी नामको सानो दल प्रमुख प्रतिपक्षीको रुपमा बिगत दश वर्ष देखी आइरहेको छ ।
जातीय संसदको रुपमा चिनिने बंगलादेशको प्रतिनिधिसभा ३५० सिटको रहेको छ जसमा ५० सिट महिलाको आरक्षण रहेको छ । सन् २०१८ डिसेम्बर २० मा भएको पछिल्लो चुनावमा सत्ताधारी अवामी लिगले २३४ सिट जितेको थियो । ढाका ट्रिब्यूनका अनुसार २७ दर्ता भएका दलका १ हजार ८९६ उमे्वारहरु चुनावी मैदानमा छन् ।
चुनाव अगाडि बंगलादेशका नोबेल पुरस्कार विजेता महोमद युनुस पनि सरकार समर्थित नभएको भन्दै विभिन्न मुद्धा लाएर थुनामा भएको विश्व मिडियाहरुले उल्लेख गरेका छन् । बंगलादेशको मुलधारको अंग्रेजी अखबार डेली स्टारमा आएको एक आलेख अनुसार युनुसको थुनाइले विदेशी लगानीलाई निरुत्साहित गरेको बताइएको छ ।