राष्ट्रियसभाका लागि सुदूरपश्चिममा एमालेका तीन उम्मेदवारकाे नाम टुंगियाे
कैलाली । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि एमालेले उम्मेदवारको टुङ्गो लगाएको छ ।
उम्मेदवारी दर्ताको अघिल्लो दिन एमालेले तीन पदको लागि तीन उम्मेदवारको टुङ्गो लगाएको हो । अन्यबाट कञ्चनपुरका ईश्वरी प्रसाद खरेल, महिलाबाट कैलालीकी सावित्री घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यक कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार बनाउन लागेको हो । खरेल केन्द्रीय लेखा आयोग सदस्य हुन् भने घिमिरे अनेमसङ्घ कि पूर्व कैलाली अध्यक्ष हुन् जोशी पार्टीको भ्रातृ सङ्गठन अपाङ्ग संघ का केन्द्रीय सदस्य हुन् ।
सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा नेकपा एमालेका ईन्दु कडरियाको पदावधि सकिन लागेको हो । रिक्त हुने यी तीन पदमा तीन जनालाई उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एमालेका प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले जानकारी दिए ।