४ वर्षीय छोरीलाई क्रुर यातना दिने बाबुविरुद्ध मुद्दा दर्ता
हेटौंडा । आफ्नी ४ वर्षको छोरीलाई निर्मम यातना दिएर घाइते बनाउने बाबुविरुद्ध मकवानपुर प्रहरीले मुद्दा दर्ता गरेको छ ।
महोत्तरी घर भइ हेटौँडा ५ सिंचाई टोल डेरा गरि बस्ने २७ वर्षका रामजी मण्डलले आफ्नी ४ वर्षकी छोरीलाई नियमित रुपमा निर्मम यातना दिने गरेको पाईएपछि शनिबार पक्राउ गरेको थियो ।
मण्डललाई ७ दिन म्याद थप गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने सिबिन बाल हेल्प लाइनको जाहेरीपछि प्रहरीले मण्डलविरुद्ध मुद्दा दर्ता गरेको मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले बताए ।
मण्डलले नाबालिका छोरीको हात, अनुहार, कानमा टोक्ने, आँखामा खुर्सानीको धुलो हाल्दिने गरेको पाइएपछि उनलाई सिबिनको सहयोगमा प्रहरीले पक्राउ गरेको थियो । साढे ४ वर्षकी छोरीको हात, गालामा टोकेर गहिरो घाउँ बनाउने, कान टोक्ने, आँखामा खुर्सानीको धुलो हाल्ने गरेको गरेको पाइएको छ ।