देउवाले ३ सीटमात्रै दिएपछि शेखर बैठकबाट निस्किए
४ बजे बाेलाइएकाे कांग्रेस केन्द्रीय कार्य सम्पादन बैठक अझै बस्न सकेन
नेपाल प्रेस
२०८० पुष २२ गते २०:४५
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन बैठक अझै बस्न नसकेपछि नेता शेखर कोइराला निस्किएका छन् । राष्ट्रियसभामा आफूहरुले ४ सीट मागेकोमा सभापति शेरबहादुर देउवाले ३ सीट मात्रै दिन भएपछि कोइराला निस्केर हिँडेका हुन् ।
उनी ४ सीट दिने भए बैठकमा आउँछु नभए आउँदिनँ भन्दै निस्किएको बताइएको छ ।
शेखर समूहले ४ सीट मागेको छ ।
अपरान्ह ४ बजे बोलाइएको बैठक सहमति हुन नसकेपछि बस्न नसकेको हो । संसदीय बोर्डको बैठक भने जारी रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर