शेखर बैठक छोडेर हिँडेपछि दुवै पक्ष छुट्टाछुट्टै छलफलमा
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा आफ्नो समूहले मागेको ४ सीट नपाएपछि बैठक छोडेर हिँडेका कांग्रेस नेता डा. शेखर कोइराला र संस्थापन पक्ष छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।
राष्ट्रियसभामा आफूहरुले ४ सीट मागेकोमा सभापति शेरबहादुर देउवाले ३ सीट मात्रै दिने भएपछि कोइराला निस्केर हिँडेका थिए । उनी ४ सीट दिने भए बैठकमा आउँछु नभए आउँदिनँ भन्दै निस्किएका थिए ।
त्यसपछि सभापति देउवा र कोइराला पक्षको बेग्लाबेग्लै छलफल सुरु भएको हो । देउवा समूहको छलफल कार्यकक्षमै चलिरहेको छ भने शेखर पक्षको बैठक पूर्वपदाधिकारीको कोठामा बसिरहेको छ ।
भागवण्डा नमिल्दा अपरान्ह ४ बजे बोलाइएको बैठक सहमति हुन नसकेपछि बस्न सकेको छैन ।