देउवाले गगनसँग मागे दुई उम्मेदवारकाे नाउँ, गगनले भने- पहिले तपाईंकाे पाउँ – Nepal Press

देउवाले गगनसँग मागे दुई उम्मेदवारकाे नाउँ, गगनले भने- पहिले तपाईंकाे पाउँ

सहमहामन्त्री परियारको प्रश्न- १० सीट लिँदा किन दलित कोटा समेटिएन ?

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि भागवण्डा नमिल्दा नेपाली कांग्रेसको संसदीय बोर्ड बैठक बस्न सकेको छैन । सभापति शेरबहादुर देउवाले शेखर–गगन पक्षले मागेको ४ सीटमध्ये ३ सीट दिने प्रस्तावमा असहमति जनाउँदै निस्केका शेखर कोइराला समूहको छुट्टै बैठक बसिरहेको छ । त्यस्तै, देउवा पक्ष पनि आन्तरिक छलफलमा जुटेको छ ।

यसै क्रममा सभापति देउवाले महामन्त्री गगनलाई राष्ट्रियसभा उम्मेदवारका लागि सुरुमा दुईजनाको नाम मागेका थिए। बैठकमा देउवाले गगनसँग २ जनाको नाम मागेको एक पदाधिकारीले जानकारी दिए ।

उनले नेपाल प्रेससँग कुराकानी गर्दै बोर्ड बैठक बस्न नसकेको जनाए । बैठकमा सभापति देउवाले २ जनाको नाम इतरसँग मागेको र महामन्त्री थापाले पहिला देउवालाई आफ्नो लिस्ट देखाउन भनेको ति पदाधिकारीले बताए ।

उनका अनुसार सहमहामन्त्री जीवन परियारले भने १० सीट लिँदा किन दलित कोटा नसमेटिएको भनी प्रश्न गरेका थिए । त्यसपछि बैठक अघि बढ्न नसकेको उनले बताए ।

ती पदाधिकारीका अनुसार बैठकमा संस्थापन र इतर समूहबीच संख्याकै भागवण्डा मिलेको छैन भने क्लस्टर बाँडफाँड त कुरो सुरू नै भएको छैन । उनले भने, ‘संख्यामै कुरा मिलेको छैन । क्लस्टरको कुरा त सुरु नै भएको छैन ।’

अहिले दुवै समूह आ–आफ्नो समूहको छलफलमा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर