सात सय अमेरिकी डलरभन्दा धेरै तलब पाउने विदेशीलाई रुसले पिआर दिने – Nepal Press

सात सय अमेरिकी डलरभन्दा धेरै तलब पाउने विदेशीलाई रुसले पिआर दिने

काठमाडौं । रुसमा बसेर ७०० अमेरिकी डलर भन्दा धेरै तलब पाउने विदेशीलाई रुसले स्थायी आवास अर्थात् पिआर दिने भएको छ ।

आइतबार रुसका राष्ट्रपति भ्यादिमिर पुटिनले प्रमाणीकरण गरेको एक कानुनले यो प्रावधान दिएको हो । नयाँ कानुन अनुसार रुसमा बसेका उच्च सीप वा दक्षता भएका विदेशीहरूलाई पीआर दिइने भएको छ ।

पीआर पाएकाहरूका छोराछोरी देखी आमाबाबुले पनि त्यो सुविधा पाउने रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

नयाँ कानुन अनुसार रुसको शिक्षा, स्वास्थ्य, प्रविधि तथा आर्थिक क्षेत्रहरूमा काम गर्ने सात सय अमेरिकी डलर माथि तलब खानेहरूले यो सुविधा पाउने भएका छन् ।

यो सुविधा पतिपत्नी देखी धर्मपुत्रहरूमा पनि लागु हुने बताइएको छ । रुसले यस अगाडि रुसी फौजमा काम गरेका विदेशीहरूलाई पनि यस्तै प्याकेज ल्याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर