परम्परा भत्काउँदै भारत भन्दा पहिले चीनको भ्रमणमा पुगेका मालदिभ्सका राष्ट्रपति बेइजिङ ओर्लिए – Nepal Press

परम्परा भत्काउँदै भारत भन्दा पहिले चीनको भ्रमणमा पुगेका मालदिभ्सका राष्ट्रपति बेइजिङ ओर्लिए

काठमाडौँ । राष्ट्रपति भएपछि पहिलो भ्रमण भारत गर्ने परम्परा भत्काएका मालदिभ्सका राष्ट्रपति महेमद मैजू चीन भ्रमणमा पुगेका छन् ।

उनी केहि बेर अगाडि बेइजिङ ओर्लिएको मालदिभ्सको अखबार अटोल टाइम्सले उल्लेख गरेको छ ।

अटोल टाइम्सका अनुसार सन २०२३ नोभेम्बर १७ मा मालदिभ्समा रहेका भारतीय सैनिक हटाउने चुनावी मुद्दा बोकेर सत्तामा आएका मैजूले भारत आफ्ना सेना हटाउन तयार भएको बताएका छन् ।

चिनियाँ अखबार ग्लोबल टाइम्सले मैजू सन २०२४ मा चीन भ्रमणमा आउने पहिलो विदेशी राष्ट्र प्रमुख भएको भन्दै एक सम्पादकीय लेखेर दुई देश बिचमा धेरै सहकार्य हुने उल्लेख गरेको छ ।

भारतीय सेना हटाउने मुद्दामा मात्रै होइन भारतसँगका कतिपय सम्झौता पनि नवीकरण नगर्ने मैजू सरकारको प्राथमिकता देखिएको छ ।

भारतसँग भएको मालदिभ्सको हाइड्रोग्राफी सम्झौता पनि नवीकरण नगर्ने मालदिभ्स सरकारका अधिकारीहरूले सार्वजनिक रूपमा बताएका छन् । सम्झौता सन २०२४ जुन ४ मा सकिने अटोल टाइम्सले उल्लेख गरेको छ ।

चीन परस्त राष्ट्रपति भनेर भारतीय तथा पश्चिमा मिडियाले व्याख्या गरेका उनले भारतीय अखबार टाइम्स अफ इन्डियामा केहि दिन अगाडि एक अन्तरवार्ता दिँदै आफू भारत वा चीन परस्त नभएर मालदिभ्स परस्त भएको बताएका छन् ।

आजबाट चीनको राजकीय भ्रमणमा गएका मैजूले यस अगाडि दुई देशको भ्रमण गरेका छन् । जसमा दुबईमा भएको कोप २८ मा अनौपचारिक तथा टर्कीमा औपचारिक भ्रमण भएका थिए ।

दुबईको भ्रमणमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर