वैदेशिक रोजगारीमा अनिवार्य गरिएकाे बायोमेट्रिक कूटनीतिक पहलबाट हटाउन व्यवसायीको माग – Nepal Press

वैदेशिक रोजगारीमा अनिवार्य गरिएकाे बायोमेट्रिक कूटनीतिक पहलबाट हटाउन व्यवसायीको माग

काठमाडौं । वैदेशिक रोजगारीमा जानका लागि अनिवार्य गरिएको बायोमेट्रीक कूटनैतिक पहल गरी हटाउनुपर्ने व्यवसायीहरूको माग राखेका छन् ।

सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै श्रमिकहरूलाई अनिवार्य गरिएको बायोमेट्रीक कूटनैतिक पहल गरी हटाउनुपर्ने माग अघि सारेको हो ।

संघले सरकारसमक्ष १० बुँदे मागसमेत राखेको छ ।

पछिल्लो समय काठमाडौंस्थित साउदी अरब दूतावासले बायोमेट्रीकलाई अनिवार्य गरेपछि कामदारलाई समय र पैसा दुवैको भार पर्ने भन्दै व्यवसायीले असन्तुष्टि जनाउँदै आएका छन् ।

त्यस्तै, वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक र मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’ बीच भएको व्यवसाय विरोधी सम्झौता खारेज गर्नुपर्ने समेत माग अघि सारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर