तस्करीको आशंकामा ४७ केजी चाँदीसहित काठमाडौंबाट ३ जना पक्राउ – Nepal Press

तस्करीको आशंकामा ४७ केजी चाँदीसहित काठमाडौंबाट ३ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४७ केजी चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । तस्करीको चाँदी भएको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराका ५० वर्षीय कामेश्वर शाह, पर्साका ३२ वर्षीय सुमनकुमार सर्राफ र बाराका २० वर्षीय मनिष सर्राफ रहेका छन् । बरामद चाँदीको विलविजकहरु नभएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । विभिन्न ठाउँबाट उक्त चाँदी बरामद गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर