तीनकुनेको रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ, १२ करोड रुपैयाँभन्दा बढी ठगेको आरोप
काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौंको तीनकुनेमा मुख्य कार्यालय रहेको रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष हर्कबहादुर कठायत पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले कठायतलाई पक्राउ गरेको हो ।
डोटीको शिखर नगरपालिकाका ३१ वर्षीय कठायतलाई प्रहरीले केही समययता खोजी गरिरहेको थियो ।
विभिन्न ठाउँमा शाखा कार्यालय खोलेर सन्चालनमा रहेको उक्त सहकारीले निक्षेपकर्ताको करिब १२ करोड रुपैयाँ फिर्ता नगरेपछि प्रहरीमा उजुरी परेको थियो । बचतकर्ताको रकम सहकारी सन्चालकले अपचलन गरेको आरोप लागेको छ। सीआईबीले सन्चालक समितीका सदस्य विनोदकुमार ओझालाई पनि पक्राउ गरेको छ ।