नेपाल क्रिकेट संघको महाप्रबन्धकमा उत्सव ढुंगाना नियुक्त
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धकमा उत्सव ढुंगाना नियुक्त भएका छन् ।
क्यानको अफिसियल फेसबुक पेजमार्फत जनरल म्यानेजरमा उत्सव ढुंगानालाई नियुक्त गरिएको जनाएको छ ।
यसअघि गत असारमा वृतान्त खनालले राजीनामा दिएपछि जनरल म्यानेजरको पद खाली थियो ।
उक्त पदका लागि क्यानले २ पटक विज्ञापन खुलाएको हो । पहिलो सूचनामार्फत् जनरल म्यानेजरमा ७ जनाको नाम सर्टलिस्टमा निकालिएको थियो । पछि क्यानको नयाँ कार्यसमितिले दोस्रोपटक सूचना निकालेको थियो ।
दोस्रो पटकको सूचनामार्फत क्यानले ढुंगानालाई जनरल म्यानेजर नियुक्त गरेको हो।
सर्टलिस्टलाई बेवास्ता गर्दै महाप्रबन्धक नियुक्त गरेको भन्दै असन्तुष्टी
काठमाडौं । अघिल्लो सर्टलिस्टलाई बेवास्ता गर्दै नयाँ जनरल म्यानेजर नियुक्त गरेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । क्यानका बोर्ड सदस्य दुर्गाराज पाठकले विधि पुर्याएर अर्को आवेदन खोलेर जनरल म्यानेजर नियुक्ति गर्नु गलत भएको बताए ।
‘हामीले रित पु¥याएरै आवेदन खोलेका थियौं । ७ जनालाई सर्टलिष्टको नाम पनि सार्वजनिक गरेका थियौं । तर, नयाँ समिती आएर दोस्रो पटक आवेदन खोलेर जनरल म्यानेजर नियुक्ति गर्नु गलत हो’, उनले भने, ’यो कुरा अध्यक्ष ज्युलाई पनि भनेको थिए ।’
‘मलाई उहाँको बारेमा धेरै त थाहा छैन । मैले थाहा पाएअनुसार उहाँ (उत्सव) बलियो नेपालमा संलग्न हुनुहुन्थ्यो,’ उनले भने
बलियो नेपाल कप क्यान सचिव पारस खड्का, छुम्बी लामाको समूहले संचालन गर्दै आएको छ ।