राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनौटका विषयमा शेखरको टिप्पणी- पार्टीको वर्तमान ढाँचा, सोच मनन गर्नु – Nepal Press

राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनौटका विषयमा शेखरको टिप्पणी- पार्टीको वर्तमान ढाँचा, सोच मनन गर्नु

विराटनगर । नेपाली कांग्रेसका फरक विचार समुहका नेता शेखर कोइरालाले राष्ट्रियसभा निर्वाचनमा न्यायोचित टिकट वितरणमा गल्ती कमजोरी गरेको भए सच्चिएर अगाडि बढ्ने बताएका छ्न् ।

उनले न्यायोचित टिकट वितरण गर्न असमर्थ पार्टी निर्णयमा गल्ती–कमजोरी गरेको रहेछु भने म त्यसलाई स्वीकार्दै साथीहरुको सल्लाह र सुझावबाट भविष्यमा अगाडि बढ्ने प्रण गर्ने बताए ।

उनले सामजिक सन्जालमा लेख्दै भनेका छन्, ‘पार्टीको बर्तमान ढाँचा, सोच र निर्णय प्रकियालाई प्रभावति गर्ने शक्ति के कस्ता छन् भनेर साथीहरुले मनन गर्नुभएको र गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

उनले पार्टी निणर्यबाट छानिएका सबै उम्मेदवार साथीहरुलाई भारी मतले जिताउने जिम्मेवारी हामी सबैको काँधमा आएको भदै सत्ता गठबन्धनमा आवद्ध दलहरुबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराउनु भएका सबैलाई जिताउनु पर्ने अभिभारा पनि रहेको छ’, उनले लेखेका छन्, ‘राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन प्रक्रिया सहज थिएन । कांग्रेस जस्तो लामो इतिहास भएको संघर्षशील पार्टीमा धेरै निष्ठावान, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी साथीहरुको सूची लामो थियो । यसर्थ सीमित सीटका कारण पार्टीका साथीहरुलाई न्याय गर्न चाहेर पनि सम्भव भएन ।’

उनले पार्टीमा अवसरको समान वितरण र सबै पक्षको हित स्थापित होस् भन्नेमा हामी निकै चनाखो भएको दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर